You are viewing the translated version of नवीकरण गर्नुपर्ने.

Rule 6
नवीकरण गर्नुपर्ने
(१) संस्थाले प्रत्येक दुई वर्षमा आफूले पाएको अनुमतिपत्र नवीकरण गर्न अनुमतिपत्रको म्याद समाप्त हुनुभन्दा पैतीस दिन पहिले नै बैंकमा निवेदन दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्र नवीकरण गराउन बैंकमा निवेदन दिँदा देहाय बमोजिमका कागजातहरु पेश गर्नुपर्नेछ :-
(क) ऐनको दफा ३२ बमोजिमको वार्षिक प्रतिवेदन र बैंकले तोकेको अन्य वित्तीय विवरण,
(ख) संस्था दर्ता ऐन, २०३४ बमोजिम संस्थाको दर्ता नवीकरण गरिएको प्रमाणपत्र पत्रको प्रमाणित प्रतिलिपि,
(ग) संस्थाको व्यवस्थापन, उद्देश्य, कार्यक्षेत्र आदिमा कुनै किसिमको परिवर्तन भएको भए सो को विवरण,
(घ) नवीकरण दस्तुर वापत रु १००।- बैंकमा बुझाएको भौचर, र
(ङ) बैंकले तोकेको अन्य आवश्यक कुराहरु ।
(३) बैंकले अनुमतिपत्र प्रदान गर्दा तोकेको शर्तहरु र समय समयमा दिएको निर्देशन संस्थाले पालना नगरेको भनि बैंकलाई लागेमा सो अनुमतिपत्र रद्द गर्न वा अनुमतिपत्र नवीकरण नगर्न सक्नेछ ।
(४) उपनियम (१) बमोजिम तोकिएको समयभित्र कुनै संस्थाले आफूले पाएको अनुमतिपत्र नवीकरण नगरेमा बैंकले त्यस्तो अनुमतिपत्र रद्द गर्न सक्नेछ ।